राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालमा गैरकानुनी रूपमा कर्मचारी नियुक्ति गरेको निष्कर्ष निकाल्दै अस्पतालका चिकित्सकसहित ९१ जनालाई कारबाही गर्नुपर्ने सिफारिस गरेको छ । केन्द्रले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सकिने सुझावसमेत दिएको छ । उनीहरू दरबन्दी बाहिरका भएको केन्द्रको ठहर छ ।