पहिरोका कारण एकतर्फी (वान वे) सडक सन्चालन भएको अरनिको राजमार्ग अन्तर्गतको ५० किलो सडक खण्डमा पहिरो पन्छाउन समस्या भएको छ । शनिवार रातिदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८, को ५० किलोमा सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियोे ।
काभ्रेपलाञ्चोक । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका […]
२२ असार, काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको चीनसँगको नाका जोड़ने अरनिको राजमार्ग र काठमाडौं उपत्यका र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका …
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बीचमा रहेको जुरेमा पहिरो खसेको छ । पहिरोका कारण अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
आज बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने–आउने सवारीसाधन रोकिएका छन् ।
पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने...
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी […]
निरन्तर वर्षाले पहिरो खस्दा हेलम्बु राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले मेलम्ची नगरपालिका १३ फटकशिलाको रातोपहरो भन्ने पहाडबाट पहिरो खसिरहेकोले सडक बन्द भएको जानकारी दिनुभयो ।
अहिले उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको छ । रातोपहरोबाट पहिरो झरेको झरै छ इन्स्पेक्टर राईले भन्नु भयो - ‘पहिरो झरिरहे ठुलो खतरा निम्त्याउला भन्ने स्थानीयमा त्रास उत्पन्न भएको छ’ । पहिरोले अहिले मेलम्चीबाट राजधानी र राजधानीबाट मेलम्ची, अन्य स्थानमा आवतजावत गर्ने सवारी साधन पूर्ण रुपमा रोकिएका छन् । निरन्तर वर्षाले पहिरो पन्छाउन सक्ने अवस्था छैन प्रहरी निरीक्षक राईले बताउनुभयो ।
धुसिने मानेभञ्ज्याङ तालामाराङ सडक पनि पहिरोले अवरुद्ध भएको छ ।
काठमाडौँः बुधबार रातिदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। वर्षापछिको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन्।
पानी परिरहेका कारण अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा कठिनाइ आएको छ।
अरनिको राजमार्ग, विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका महत्त्वपूर्ण राजमार्ग बन्द भएका