श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् ।यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेको श्रीलङ्काको सञ्चारमाध्यम न्यूज वायरले जनाएको छ ।कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा सयौँ प्रदर्शनकारी पुगेर झन्डा फहाराएको र खुसी मनाएका दृष्य सार्वजनिक भएका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बिहानैदेखि हजारौँ प्रदर्शनकारीले आन्दोलन चर्काएका थिए ।