काठमाण्डाै – शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीवार श्री कुमारी र नयाँ बस्तीले दुई–दुई गोलको बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल बराबरीमा सकिएसँगै आफ्नो पहिलो खेलमा नयाँ बस्ती र श्री कुमारीले एक–एक अङ्क जोडेका छन् ।
यस्तै अर्को खेलमा खुमलटार युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई तीन–एक गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको छ । जितसँगै खुमलटारले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।
आजै भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबलाई पाँच&nda...