दोषी ठहरिएकाबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी– म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट  ७८२ वर्ष दुई महिना १४ दिन कैद र चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र एक […]

सम्बन्धित सामग्री

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ ।

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

'गत आवमा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,' उनले भने, 'फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठा...

म्याग्दीमा चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र रु …

दार्चुला अदालतले दुई करोड ३१ लाख रुपियाँ जरिवाना असुल गर्न बाँकी

जिल्ला अदालत दार्चुलाले प्रभाकर बुढाथोकीबाट एक करोड ८६ लाख रुपियाँ बढी जरिवाना रकम असुल गर्न बाँकी रहेको छ । ब्याँस गाउँपालिका– २ का बुढाथोकीबाट एक करोड ८६ लाख ३९ हजार ७५० रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

६३ प्रतिशत मुद्दा फर्स्योट

चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।  ३ हजार ८३० मुद्दामध्ये उक्त अवधिमा २ हजार ४३४ फर्स्योट भएका छन् । अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका २ हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ हजार ३७१ मुद्दा हुन् । उनका अनुसार ती मुद्दामध्ये २ हजार ४३४ फर्स्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै, ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो संख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि ५ हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट २ हजार ६६८ वर्ष ६ महिना २० दिन कैद र १५ करोड ९८ लाख ५ हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए । पक्राउ परेकाबाट १ हजार ६१ वर्ष ६ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने ९ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समय अदालतमा काम नहुँदा फैसला कार्यान्वयन बन्द भएपछि फस्र्योट कम भएको देखिएको उनको भनाइ छ । रासस