लमजुङमा १९ उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् ।       आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा ५२१ ओटा नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता भएका छन् । ३६९ उद्योग नवीकरण भएको थियो । सो कार्यालयले अघिल्लो आव २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले बताएको छ । आव २०७५/७६ मा ६ उद्योग खारेज भएको उक्त कार्यालयको तथ्यांक छ । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएको र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आव २०७४/७५ मा १० ओटा उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांक छ । त्यस्तै आव २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८/७९ को साउनदेखि पुससम्म ५२ ओटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै आव २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । कार्यालयका अनुसार आव २०७६/७७ मा २५ ओटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै ७६२ ओटा नयाँ दर्ता र ३२० ओटा नवीकरण भएको थियो । आव २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । रासस

सम्बन्धित सामग्री

लमजुङमा भए मापदण्ड नपुगेका ३७ उद्योग खारेज

काठमाडौँ । मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार २१ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले बताइन् । थापाका […]

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७  घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार २१ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय...

लमजुङमा १९ उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । उद्योग कार्यालयमा दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने उद्योग खारेज भएका हुन् । आर्थिक वर्ष ०७८/७९ को ६ महिने अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिइन् । उनका अनुसार यस अवधिमा ५२१ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा १८८ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता र ३६९ उद्योग नवीकरण भएका छन् । कार्यालयले अघिल्लो आव ०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आव ०७५/७६ मा ६ उद्योग खारेज भएको कार्यालयले बताएको छ । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । कार्यालयका अनुसार आव ०७४/७५ मा १० वटा उद्योग खारेज भएका थिए । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आव ०७३/७४ मा ८ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । वाणिज्यतर्फ आव ०७८/७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्य फर्म नवीकरण भएका छन् । आव ०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । रासस

लमजुङमा १९ उद्योग खारेज

लमजुङ, २७ माघ: लमजुङमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् । आर्थिक वर्ष २०७८-७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा […]

लमजुङमा ४९ घरेलु उद्योग खारेज

घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ। दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज...

लमजुङमा घरेलु तथा साना उद्योगको संख्या बढ्दो, ४ अर्ब लगानी

लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् ।  कार्...