काठमाडौं : देशकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कुल। बेलायत भ्रमणबाट फर्केपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले आफ्ना छोरा–भतिजालाई प्रारम्भिक शिक्षा दिन थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भुइँतलामा वि.सं. १९१० आश्विन २७ गते दरबार हाइस्कुल स्थापना गरेका थिए।यही विद्यालयमा राणाले प्रारम्भिक तहको आधुनिक अंग्रेजी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका थिए। दरबारभित्र खोलिएको यो विद्यालय ३८ वर्षसम्म दरबारमै रह्यो। पछि वि.सं. १९४८ सालमा रानीपोखरीअगाडि दरबार हाइस्कुलका लागि छु