रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा रहेको एउटा सरकारी (सामुदायिक) विद्यालय राजनीतिक अखडा बन्दै गएको छ।वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी खोरमा रहेको श्री प्राथमिक विद्यालय वृन्दावन राजनीतिक अखडाको बनेको हो।सो विद्यालयमा व्यवस्थापन समिति गठनमा चर्को राजनीति हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। २०७७ सालदेखि व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा हालसम्म पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन।पुरानो समितिको पदावधि २०७७ सालमा सकिएपछि पुरानै समितिलाई थप एक वर्ष कार्यकाल चलाउन दिने सहमति अभिभाव