झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

सुरुङ्गा– झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे । झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले) का […]

सम्बन्धित सामग्री

प्रदेश १ : राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्।शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाईंले जानकारी दिइन्।राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

झापा–४ (१) मा एमालेका खनाल विजयी

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले १२ हजार तीन सय ७३ मत प्राप्त गरेका छन् ।

झापा–४ (१) मा एमालेका राधाकृष्ण खनाल विजयी

बनियानी- झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा एमालेका राधाकृष्ण खनाल निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झल...

झापा ४ : सावाँलाई राेक्दै संसद भवन छिर्ने थेवेकाे दाउ

बनियानी- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर चारमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी...

झापामा एमाले महाधिवेशन प्रतिनिधि चुनाव : वडाध्यक्षले जित्दा प्रदेश सांसद पराजित

२८ कात्तिक, झापा । नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा झापा–४ (ख) का प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन् । थापा भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेश–१ का सामाजिक विकासमन्त्री थिए । निर्वाचनमा झापा–४ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ३,५६२ मत खसेको थियो, […]