डाेटी – गएको कात्तिक २३ गते डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ६ रेक्टरस्केलको भूकम्पले पुर्याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको छ । भूकम्प गएको झण्डै दुई महिनापछि टोली डोटीमा पुगेको हो ।
भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरुलाई अभिमुखीकरण गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । विस्तृत अध्ययनको लागि विपद् जोखिम न्युनीकरण तथा...