काठमाडौं : आज बिहान ९ बजेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वरस्थित केयूकेएलको कार्यालय पुगेर पानी वितरणको थालनी गरेका हुन्।
गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पठाउन सुरु गरिएको थियो। गत मंगलबार पानी सुन्दरीजल…