नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही प्रावधानमा हेरफेर गरेको उल्लेख गर्दै जसका कारण मुलुकको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ ।
परिसंघले मंगलबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय बैंकले यसअघि तोकका विभिन्न दररेटलाई यथावत राखेको र निषेधाज्ञाको अवधिमा कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना नहुने व्यवस्थाले उद्योग व्यवसायलाई केही सहज हुने आफूहरुको बुझाइ रहेको उल्लेख गरिएको छ ।
यस्तै उद्योगहरूले अक्सिजन प्लान्ट स्थापना गर्न चाह...