१९ मंसिर, काठमाडौं । युरोपेली मुलुकले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने तयारी गरेका छन् । शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने सोंचमा कैयौं युरोपेली मुलुक रहेको बताएका हुन् । तर संयुक्त नियोग खोल्नुको अर्थ तालिबान शासनलाई मान्यता दिनु नरहेको पनि उनले प्रस्ट पारे । ‘हामीले कैयौं युरोपेली मुलुकको एक संगठनबारे सोचिरहेका […]