भक्तपुरको लोकन्थलीमा घरको जग खन्ने क्रममा नजिकको अर्को घरको पर्खाल भत्किएर पुरिँदा एक मजदुरको ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ४ का २३ वर्षीय मञ्जय भनिने धर्मेन विकको आइतबार बिहान निर्माणाधीन घरको जग खन्ने क्रममा नजिकैको अर्को घरको पर्खाल भत्किएर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।