कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आइतबार अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट …