काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् । करीव ५५ सय मत गन्दा ढकाल १८४९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका पौडेलको १८१० र एमालेका सुरेन्द्र पाण्डेको १३६६ मत रहेको छ ।