सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सुरेन्द्र पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । पाण्डेसँग बुझ्दा उनले […]

सम्बन्धित सामग्री

भीम रावललगायत कार्यदलका सदस्य स्थायी कमिटी बैठकमा पुगे

नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायत वरिष्ठ नेता माधव नेपाल पक्षधर स्थायी कमिटीका चारजना सदस्य एमाले स्थायी कमिटी बैठक बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा पुगेका छन् । गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे एमाले स्थायी कमिटीको बैठकस्थलमा पुगेका हुन् । बैठकस्थलमा छिर्दै उपाध्यक्ष रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोक्नको लागि आग्रह गर्न आएको लोकान्तरलाई बताए । संसदीय दलको बैठक आजै दिउँसो ३ बजेको लागि बोलाइएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यकक्षमा एमाले स्थायी कमिटीको बैठक बसिरह...

एमालेको माधव नेपाल पक्षधर बैठकमा को को छन्

काठमाडौं, १७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक जारी छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक चलिरहेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत सहभागी […]