काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।उनले बुधबार बिहान ट्विट गर्दै आफूले दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिका हुन्। ‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’