संखुवासभा : बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत संखुवासभाले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ। १३ वर्षीया किशोरी बलात्कार गर्ने खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ।सोमबार जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले १८ वर्ष कैद सँगै ६ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २ हजार २ सय जम्मा गराउन आदेश भएको अदालतका संखुवासभाका सूचना अधिकारी डिल्ली प्रसाईले जानकारी दिए। गत वैशाख १५ गते १३