अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीनले गुपचुपरुपमा गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणलाई स्पुतनिक लञ्चसँग तुलना गरेका छन् । सन् १९५७ मा रुसले स्पुतनिक भूउपग्रह लञ्च गरेपछि शीत युद्धमा अमेरिका र रुसबीच हतियारको रेस सुरु भएको थियो । अमेरिकी सेनाको जोइन्ट चिफ अफ स्टाफका प्रमुख मार्क मिलीले ब्लूमबर्ग न्यूजलाई दिएको एक अन्तरवार्तामा यो बयान दिएका हुन् । उनका अनुसार चीनको सेना तीव्ररुपमा विस्तार भइरहेको छ ।मार्क मिलीले भने, ‘हामीले देख्यौँ कि चीनले निकै महत्त्वपूर्ण हाइपरसोनिक ह