काठमाडौं। स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ। जसअनुसार कम्पनीका ग्राहकले सुरुवाती दुई मिनेटसम्म बोल्दा मात्रै ब्यालेन्स काटिने भएको छ। त्यसपछिको समयमा अनलिमिटेड बोल्न पाइने र ब्यालेन्स नकाटिने योजना ल्याएको हो। तर यो अफर स्मार्टको सिमकार्डबाट स्मार्टमा फोन गर्दा मात्रै लागू हुने बताइएको छ।