नगरपालिकाको कार्यालय भवन निर्माणका लागि एक करोड पर्ने जग्गा दान

महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानका...

सम्बन्धित सामग्री

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान

तनहुँ, फागुन १० । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी […]

मन्दिर निर्माण गर्न एक करोडको जग्गादान

कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाउँमा राम जानकी मन्दिर निर्माणका लागि दुई जनाले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । मन्दिरसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माणका लागि ७ कठ्ठा जमिन दान गरेका हुन् ।

१५ करोड लागतमा १० शय्याको अस्पताल निर्माण गरिँदै

दोलखा (अस) । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १५ करोडको लागतमा १० शय्याको अस्पताल निर्माण गरिने भएको छ । संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । वडा नम्बर ४ को मालु, जामुनेमा अस्पताल निर्माणका लागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अब चाँडै निर्माण थालनी गरिने तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । अस्पताल निर्माणका लागि वडा नं ४ का स्थानीय बासिन्दाले ९ रोपनी जग्गा दान दिएको जानकारी उनले दिए । वडा नं ४ का स्थानीय परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री, थीर कुमारी पोखरेल र जनार्दन पोखरेलले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । पालिकाको स्रोतसाधनले भ्याएसम्म नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा पुर्‍याइरहेको तामाकोशी गाउँपालिकामा अस्पताल सञ्चालन भएपछि थप सहज हुने गाउँपालिकाका अध्यक्ष पोखरेलको विश्वास छ । सात वडा रहेको गाउँपालिकामा अहिले आठओटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । सातओटै वडामा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन् । यसैगरी स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयका लागि विभिन्न पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइको व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ । साथै गाउँपालिकाभित्र एक नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा रहेको अध्यक्ष पोखरेलले बताए ।

गोलबजार नगरपालिकाद्वारा २५ बेडको कोभिड अस्पताल सञ्चालन

सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ल

सशस्त्र प्रहरीलाई जग्गा दान

झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा महोत्तरीका एक दानवीरले सशस्त्र प्रहरीलाई जग्गा दान गर्नुभएको छ । महोत्तरी भंगहा –४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले अढाइ करोड मूल्य पर्ने जग्गा सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिनुभएको हो ।

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

राजविराज – स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।  सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४...

स्वास्थ्य चौकीलाई एक करोडको जग्गादान

सप्तरी, मंसिर १३ –स्व. कृष्णदेव झाको स्मृतिमा उनका कान्छा छोरा र बुहारीले स्वास्थ्य चौकी निर्माणका लागि एक करोड मुल्य बराबरको सात कटठा जग्गा दान...