काठमाडौं– प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय […]
मोरङ – महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई विराटनगर महानगरपालिकाले तीव्रता दिएको छ। यसक्रममा महानगरले पसल अगाडि नियमविपरीत निर्माण गरिएका भौतिक संरचना, सडक किनार र फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ। महानगरका नगर प्रहरी र सफाइ कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन सुरु गरेका हुन्। यसक्रममा मेयर नागेश कोइरालाले विराटनगरलाई […]
लेखनाथ– पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको […]
१८ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पृथ्वी राजमार्ग वरपरको फोहोर सफाइ अभियान सुरु गरिएको छ । सडकका किनारामा फालिएका प्लाष्टिक, पानीका बोतलसहितका फोहोरहरु संकलन गर्दै डिभिजन वन कार्यालय हेटौंडाले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर अभियानको सुरुवात गरेको हो । डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले पूर्वपश्चिम राजमार्गको बारा र मकवानपुरको सिमाना […]
दैलेख, ३० भदौ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ । पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताए । कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सावित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मीना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष […]
दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।