आसन्न स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ । स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजना बमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका सबै उपाय र