भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ ।
आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ ।
उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...