कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।
दैलेखको नारायण नगरपालिकामा स्थायी र अस्थायी गरी २ सय १० जना कर्मचारी कार्यरत छन् । नगरपालिकामा कर्मचारीको तलब भत्तामा मात्रै झन्डै एक करोड रुपैयाँ खर्च हुन्छ । तर कर्मचारीले गत फागुनदेखि तलब बुझ्न पाएका छैनन् । ‘तलबका लागि दिनदिनै कर्मचारीहरुले ताकेता गरिरहेका छन्, तर मैले पनि खातामा पैसा नभए कसरी तलब निकासा गर्ने ?,’ लेखापाल मोहन थापाले भने, ‘कर्मचारीलाई आर्थिक मन्दी देखाएर कति दिन झुलाउने हो ?’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा कार्यरत कर्मचारीले ३ महिनादेखि तलब पाएका छैनन । प्राधिकरणले चालु आर्थिक वर्षका लागि जिल्लामा अख्तियारी र बजेट नदिएकाले कर्मचारीले बिनातलब काम गर्दै आउनुपरेको हो ।
पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]