प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई आफूले कुनै धम्की नदिएको बताएका छन् ।
विराटनगरको सभामा आफूले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढाउने कुरा गरेको उनले बताए ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने र धम्काउने कुरामा विश्वास नगर्ने बताएका हुन् ।
‘संसद विघटन भएको छ, देश निर्वाचनतर्फ जाँदैछ, २–३ दिनभित्र फैसला हुन्छ । विराटनगरमा ...