महतको जवाफमा ओलीको चित्त बुझ्यो, 'मन्त्रीज्यूको कसम खाने बानी रहेनछ 'बेनिफिट अफ डाउट दिऊँ'

काठमाडौं । नेकपा एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएको छ । संसद्‍मा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री महतको कसम खाने बानी नभएको भन्दै शंकाको सुविधा दिएको बताए । ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो,' उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’ करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार आएपछि एमालेलेका प्रमुख सचेतक पदम गिरीले संसद्‍मा प्रश्न उठाएका थिए । त्यसपछि  स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले कर आफैंले हेरफेर गरेको र अनधिकृत व्यक्तिलाई प्रवेश नदिएको तर अनुभवी पूर्व-कर्मचारीलाई इन्ट्री गर्न मात्रै दिएको स्पष्टीकरण दिएका थिए ।

सम्बन्धित सामग्री

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’ - NepaliPatra

काठमाडौँ। बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्दै उठाइएको उठेका प्रश्नमा अर्थमन्त्रीले दिएको जवाफप्रति नेकपा एमालेले चित्त बुझाएको छ। संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका हुन्। डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ। बजेटमाथि संसदमा भएको […]

कसम खानेहरू खतरनाक हुन्छन् : ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री प्रकाशशरण महतलाई कसम नखाने मान्छे भन्दै कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले कसम नखाने मान्छे आफूलाई मनपर्ने भन्दै अर्थमन्त्री महतको कटाक्षरूपी प्रशंसा गरे ।  ‘अर्थमन्त्रीजीलाई कसम खाने बानी रहेन छ । राम्रो ब...

अर्थमन्त्रीबारे ओलीले भने: कसम खाने बानी रहेनछ राम्रो लाग्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको र त्यो राम्रो लागेको बताएका छन्।...

अर्थमन्त्रीको जवाफले एमालेको चित्त बुझ्यो, दियो शंकाको सुविधा

काठमाडौं : नेकपा एमालेले बजेट बनाउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको भनेर स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छ ।बजेटमाथि छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले सफाइप्रति शंकाको सुविधा दिइएको बताए। आफूमाथि लागेको आरोपको सफाइ दिँदा कसम खाने बानी नरहेको भनेर व्यंग्य गर्दै ओलीले अर्थमन्त्रीले बोलेका कुरा साँचो होस् भन्ने बताए। ‘अर्थमन्त्रीज्यूको आरोपमाथि सफाइ दिँदा कसम खाने बानी रहनेछ, राम्रो लाग्यो। उहाँले जसरी सफाइ दिन