पुस ६, काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
सभाले कम्पनीको आव २०७७/ ७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । सभाले आव २०७८/ ७९ को कम्पनीको लेखा परीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदनगरेको छ ।