बजेट निकासा नहुँदा तटबन्धन कार्य बन्द

चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिँदै आएको तटबन्धन कार्य बजेट अभावमा सात महिनादेखि बन्द भएको छ । बजेट नआएपछि निर्माणको काम प्रभावित भएको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शेखर न्यौपानेले जानकारी दिनुभयो । स्रोत सुनिश्चित भएको तर निर्माण कार्यका लागि बजेट निकासा नभएका कारण रोकिएको छ, सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “काम गरेका ठेकेदार कम्पनीले भुक्तानी पाएका छैनन्, हामीले यस विषयमा धेरै पहल गरेका छौँ तर बजेट निकासा भएन ।” बजेट नभएपछि ठेकेदारले काम नगरेको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ । आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ठेकेदारको बिल आयोजनामा […]

बजेट निकासा नहुँदा मलको एलसी खोल्नै समस्या

काठमाडौं । सरकारले बजेट निकासा नगर्दा रासायनिक मल आयातका लागि एलसी खोल्नै समस्या भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्ष (आव) को बजेटबाट पाउनुपर्ने रकम नपाउँदा नयाँ एलसी खोल्न समस्या भएको हो । सरकारले रासायनिक मल आयातका लागि चालू आवको बजेटमा छुट्ट्याएको १५ अर्ब रुपैयाँबाट ३० प्रतिशतका दरले साढे ४ अर्ब र पछि थप स्रोत सुनिश्चित गरेको १६ अर्बबाट ४ अर्ब ८० करोड रुपैयाँ गरी ९ अर्ब ३० करोड रुपैयाँ पाउनुपर्नेमा हालसम्म २ अर्ब २५ करोड रुपैयाँ मात्र प्राप्त गरेको साल्ट ट्रेडिङले बताएको छ । मल आयातको कुल बजेटबाट साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत किन्ने जिम्मा पाएका छन् । साल्ट ट्रेडिङले शुरूको साढे ४ अर्बबाट आफूले किन्नुपर्ने ५७ हजार ५ सय मेट्रिक टन युरियामध्ये ३० हजार मेट्रिक टन किनेर विक्री वितरण पनि गरिसकेको छ । बाँकी २७ हजार ५ सय मेट्रिक टन युरिया आयातको पाइपलाइनमा छ । तर, त्यसबापत साल्ट ट्रेडिङले सरकारबाट प्राप्त गर्नुपर्ने रकम हालसम्म नपाउँदा नयाँ टेन्डर र एलसी खोल्नै समस्या परेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए । ‘हामीले पाएको २ अर्ब २५ करोड रुपैयाँ पनि शुरूको साढे ४ अर्ब बजेटको हो । त्यसपछिको बजेट त कहिले आउँछ, हालसम्म अत्तोपत्तो छैन,’ उनले आर्थिक अभियानसँग भने । सरकारले पछि सुनिश्चित गरेको थप १६ अर्ब स्रोतबाट साल्ट ट्रेडिङले २६ हजार ५ सय टन युरिया र २० हजार टन डीएपी किन्न जिम्मा पाएको थियो । यसको पनि २० हजार मेट्रिक टन डीएपी किनेर नेपाल आइसक्यो भने २६ हजार ५ सय मेट्रिक टन युरिया पनि टेन्डर प्रक्रिया पूरा गरेर एलसी खोल्न मात्रै बाँकी छ । तर, रकम अभावका कारण एलसी खोल्न सकिने अवस्था नभएको बताइएको छ । राजभण्डारीका अनुसार साल्ट ट्रेडिङले अहिले ९ अर्ब ३० करोड रुपैयाँको ब्याजबापत मोटो रकम तिरिरहेको छ । एकातर्फ नयाँ एलसी खोल्न रकम अभाव भएको अवस्था छ भने अर्कोतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी वर्षका लागि समेत मल किन्न टेन्डर खोल्न निर्देशन दिइसकेको छ । कृषि मन्त्रालयले पनि चाँडो बजेट निकासा गरेर मल किन्ने प्रक्रिया सहज बनाइदिन अर्थ मन्त्रालयसँग पटकपटक ताकेता गरे पनि स्रोत नजुटेको भन्दै अर्थले बजेट नपठाएको बुझिएको छ । अर्थ स्रोतले भने तत्कालका लागि स्रोत नजुटेका कारण ढिलाइ भएको बताएको छ । सरकारले दुईपटक गरी मल किन्न छुट्ट्याएको ३१ अर्ब रुपैयाँले करीब ३ लाख २० हजार मेट्रिक टन मात्रै मल किन्न पुगेको छ । वर्षे बालीका लागि अझै थप ९० हजार मेट्रिक टन मल आवश्यक हुन्छ । त्यसका लागि थप ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गर्न कृषि मन्त्रालयले अर्थमा पत्र पठाएको छ । समयमा रकम भुक्तानी नभएर मल किन्न समस्या भएमा वर्षे बालीका लागि रासायनिक मलको हाहाकार हुने अवस्था आउन सक्ने साल्ट ट्रेडिङको भनाइ छ ।

बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ

काठमाडौं । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ भएको छ । वर्षौंदेखि बन्द रहेको कारखाना मर्मतसम्भार तथा सञ्चालनका लागि अर्थ मन्त्रालयले दिने भनेको २१ करोड रुपैयाँ अझै निकासा भएको छैन । सरकारले गत असोजमा बन्द अवस्थामा रहेको कारखाना पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । आविष्कार केन्द्रले जिम्मेवारी पाएसँगै कारखानामा रहेका उपकरणको अवस्थाबारे अध्ययन गर्न गठित प्राविधिक कार्यदलले त्यहाँ रहेका ५४ मध्ये ४३ ओटा मेशिन मर्मतपछि मात्रै कारखाना सञ्चालन गर्न सकिने प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको थियो । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले समयमै बजेट निकासा नगर्दा कारखाना सञ्चालनमा ढिलाइ भइरहेको बताए । ‘लामो समयदेखि बन्द अवस्थामा रहेकाले कारखानाका अधिकांश मेशिन खिया लागेको अवस्थामा छन् । तिनको सरसफाइको काम सकिएसँगै केन्द्रले आफ्नै लगानीमा केही मेशिन औजार मर्मत गरी बुधवारदेखि परीक्षणका रूपमा काम शुरू गरिसकेको छ तर बजेट नहुँदा पूर्ण रूपमा काम अघि बढाउन ढिलाइ भएको छ,’ उनले आर्थिक अभियानसँग भने । सरकारले दिएपछि काम गरौंला भनेर पनि कति बस्ने भनेर आफ्नै लगानीमा केही मेशिन मर्मत गरिएको उनले बताए । नयाँ मेशिन किन्न सरकारले बजेट दिएपछि मात्रै सहज रूपले काम अघि बढ्ने उनले स्पष्ट पारे । आफूहरू काम गर्न आतुर भए पनि बजेटकै कारण अघि बढ्न नसकेको आविष्कार केन्द्रको भनाइ छ । अर्थ मन्त्रालयले भने स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको बताएको छ । अर्थका सूचना अधिकारी कमलकुमार भट्टराईले स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको र कहिलेसम्म बजेट निकासा हुन्छ भन्ने कुरा अनिश्चित रहेको जानकारी दिए । करीब ३ दशकदेखि बन्द अवस्थामा रहेको कारखाना आविष्कार केन्द्रले आगामी १० वर्षसम्मका लागि सञ्चालनको जिम्मा पाएको छ । सम्झौताअनुसार योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायत काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालीमसमेत सञ्चालन गरेर जनशक्ति उत्पादन तथा विक्री गर्न पाउनेछ । औजार विक्रीबाट प्राप्त करपछिको रकमको ५० प्रतिशत आविष्कार केन्द्रले कोष खडा गरी जम्मा गर्नु पर्नेछ । बाँकी ५० प्रतिशत सरकारको खातामा जम्मा गर्नुपर्ने सम्झौता छ ।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कार्यकक्षमै थुने

रौतहट : रौतहटको पालिकामा विकास निर्माणको कार्य अगाडि नै बजेट निकासा हुने गरेको पाइएको छ। जिल्लाको विभिg\g पालिकाले विकास निर्माणको कार्य अगाडि नै बजेट निकासा गरिरहेको आरोप लाग्दै आएको हो। आइतबार निर्माण कार्य अगावै बजेट निकासा गर्न खाजेको भन्दै रौतहटको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कार्यकक्षमै थुनेका छन्। जिल्लाको गरुडा नगरपालिका वडा नं—६ मा सडक निर्माणको क्रममा व्यापक गुनासो बढेपछि पूर्व वडाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा स्थानीय

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

काठमाडौँ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद […]

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएक

लमजुङका स्थानीय तहमा ७८ प्रतिशत मात्रै बजेट निकासा

गत आर्थिक वर्षमा लमजुङका स्थानीय तहहरुका लागि करिव ७८ प्रतिशत मात्रै बजेट निकासा भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका आठ वटै स्थानीय तहमा कुल ७७.८३ प्रतिशत मात्रै बजेट निकासा भएको हो ।जिल्लाका स्थानीय तहका लागि चालुतर्फको ८१.५२ प्रतिशत र पुँजीगततर्फको ७०.३२ प्रतिशत रकम निकासा […]

असारे विकासः एकै दिन १२ अर्ब निकासा

काठमाडौं। सरकारले आज एकैदिन १२ अर्ब ८० करोड रुपैयाँ बजेट निकासा गरेको छ। आर्थिक वर्षको अन्त्यमा विकासमा धेरै रकम खर्च गर्ने पुरानै परिपाटीअनुसार एकै दिन १२ अर्ब रुपैयाँ निकासा भएको हो। जसमा आज ४ अर्ब ६१करोड रुपैयाँ चालू, आठअर्ब १८ करोड रुपैयाँ निकासा भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म ११ खर्ब ५०अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा भएको छ।

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोलुखुम्बु। सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ। निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेका स्थानीय तहमा…

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोलुखुम्बु । सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ । निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेका…