काठमाडौं । निजी उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले हालैमात्र ल्याएको आर्थिक वर्ष २०७८/७९ को खुलेर स्वागत गरेको छ । कोभिड–१९ को महामारीका बीच सरकारले ल्याएको जनमुखी नीति तथा कार्यक्रम निकै उत्कृष्ट रहेको र कोभिड प्रभावित उद्योग व्यवसायीहरुको भावना समेत बोकेको बताएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिक एवं व्यावसायिक व