काठमाडौं महानगरपालिकाले कारबाही गरेका ४२ जना नगर प्रहरी काममा फर्किएका छन् । उनीहरूको निलम्बन फुकुवा भएसँगै मंगलबारदेखि काममा फर्किएका हुन् ।
आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै उनीहरूले माफी मागेपछि निलम्बन फुकुवा गरेको महानगरले...
१३ असोज, काठमाडौं । निलम्बन फुकुवासँगै काठमाडौं महानगरपालिकाका ४२ जना नगर प्रहरी हवल्दार नियमित काममा फर्किएका छन् । बढुवा भएपनि असईको फुली नलगाइदिएको भन्दै गत २७ भदौमा उनीहरु आफैंले असईको फुली लगाएपछि महानगरपालिकाले कारबाही स्वरुप निलम्बन गरेको थियो । निलम्बनमा परेकाहरूले लिखित रुपमा गल्ती स्विकारेर माफी मागेपछि निलम्बन फुकुवा गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ […]
बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो।
उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका…
काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे । सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाकाे […]
काठमाडौँ- आचरणविपरीत काम गर्ने दुईजना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो। सशस्त्र प्रहरी नायव निरीक्षक […]
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ।सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो।प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्ने तयारी गरिएको क्यानका एक उच्च अधिकारीले थाहाखबरलाई जानकारी दिए। सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन्। केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएक
काठमाडौँ । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मङ्गलवार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले पुलचोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए। आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट […]
बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक
भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन
१५ हजार घुस लिएको अभियोग लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ ।
नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।
घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले थानकोट वृत्तका वृत्तपति डीएसपी घनश्याम श्रेष्ठको रिप...