नेपालको हावापानीका हिसाबले यहाँ बाह्रै महिना खेल खेल्न सकिन्छ । नेपालको मौसम सबैलाई लोभ्याउने किसिमको छ । यसै सुन्दर मौसमका कारण नै नेपाललाई एक अन्तर्राष्ट्रिय न्युट्रल भेन्यु (तटस्थ भूमि)को हबका रूपमा प्रयोग...
म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आज (बिहीवार) १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो हान्ने (आर्चरी) प्रतियोगिता शुरु भएको छ।थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा ३ दिन सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका २३२ खेलाडी सहभागी छन्। एउटा समूहमा ७ खेलाडी रहने छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन्। थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन ग
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन्।शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए। उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खे
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गरे ।...
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताउनुभएको छ । सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशन तथा साधारणसभामा उहाँले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रियस्तरमा पु¥याएर दक्ष जनशक्ति उत्पादन …
चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० बैशाख ११ गते हुने भएको छ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता...
जुम्ला, १५ चैत । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिए । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता […]
१३ चैत, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर डवलीमा वैशाख १९ गते शनिबार प्रतियोगिता आयोजना हुनेछ । खेल पर्यटनको विकास तथा रिङ रेस्लिङको प्रचारप्रसारका लागि हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ । संघका सिनियर खेलाडी तथाप्रशिक्षक नुवाकोटे […]
जिल्लाको सबैभन्दा ठूलो मेला शीलदेवीको अवसरमा बढी पुरस्कार राशिको महिला/पुरुष खुला भलिबल प्रतियोगिता हुने भएको छ । खेल पर्यटनको विकास गर्ने उद्देश्यले बझाङ उद्योग वाणिज्य संघले प्रतियोगिता गर्न लागेको हो ।