एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाने भएको छ । डिसेम्बर ७ देखि १० सम्म हुने स्पर्धामा सुदील शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरूले ४० वर्षमाथि खेल्नेछन् ।