दाङमा नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

दाङ - दाङमा एक नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं १ स्युजाका गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक-एक जना छात्र/छात्रालाई प्रत्येक वर्ष जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यकासाथ आफूहरुले अक्षय कोषको स्थापना गरेकाे उनीहरुले बताएका छन् । विवाहमा हुने खर्च कटौती गरेर गणेश-पवित्रा वैवाहिक अक्...

सम्बन्धित सामग्री

विवाह खर्च कटाएर कोरोना संक्रमितको उपचारका लागि अस्पताललाई  ५१ हजार सहयोग

वैशाख २९, दाङ । दाङमा एक नवविवाहित जोडिले विवाह खर्च कटाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५१ ह्जार रुपैयाँ सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कँुवरले आफ्नो विवाहको खर्च कटाएर अक्सिजन सिलिन्डर खरीद गर्न लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उक्त रकम सहयोग गरेका हुन् । जिल्लामा हाल कोरोनाका संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण यसमा केहि सहयोग पुगोस भनेर आफूहरुले विवाहको खर्च कटाएर सो रकम सहयोग गरेको ती नवदम्पतीले बताए । उनीहरु बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विवाह भएको थियो । नवविवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, कामु रजिष्टार झङ्कार लामिछानेलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । उपकुलपती भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरीदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिंदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिएकी छन् ।