नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार प्रदेश १ मा भएको मतदानको मतगणना दिउसो १ बजेदेखि गरिने भएको छ ।
कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिएपनि उमेदवारले प्रतिनिधि नपठाउँदा ढिलो भएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए ।
मतगणनाका लागि आचार संहिता बनाइसकेको उनले बताए । उम्मेदवार तथा पार्टीका नेताहरू मतगणना स्थलमा ढिलो मात्रै आएपछि केहि ढिलो भएको उनले प्रतिक्रिया दिएका छन् ।
प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन...