नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार प्रदेश १ मा भएको मतदानको मतगणना ढिलो गरी शुरू भएको छ ।
कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिएपनि उम्मेदवारले प्रतिनिधि नपठाउँदा मतगणना ढिलो गरी शुरू भएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए ।
प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।
दुवै समूहले प्यानल सहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्र...