अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव

अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि अर्थमन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् । गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा ह

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय फर्किए सचिव पुष्कर

३१ भदौ, काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय  सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो । २० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ […]

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाबीच नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना गर्न सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि...

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित

काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको दर हेरफेर […]

आज पनि मन्त्रालय आएनन् अर्थ सचिव

१६ साउन, काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजीर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको […]

सर्वोच्चले भन्यो, ‘अर्थको सीसीटीभी फुटेज मेटियो भनेर अनुमान पनि गर्न सकिँदैन’

सर्वोच्च अदालतले अर्थ मन्त्रालयका दुबै सचिवहरुलाई जिम्मेवारमुक्त गराउने आदेश दिन अस्वीकार गरेको छ । तर, सर्वोच्चले सीसीटीभी फुजेट डिलेट भयो भनेर कल्पना गर्न नसकिने बताएको छ ।मुलुककै केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन् भनेर अनुमानसमेत गर्न नसकिने सर्वोच्चको जिकिर छ । सुरक्षा मामिलालाई हेरेर त्यस्ता फाइलहरु सुरक्षित नै हुने भएकाले डिलिट भयो भनेर अनुमान नै गर्न नसकिने सर्वोच्चको टिप्पणी छ । ‘सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षा समेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन’ सर्वोच्चको आदेशमा भनिएको छ । सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल सहितले अर्थ मन्त्रालय र अन्य मन्त्रालयको समेत सीसीटीभी फुटेज सुरक्षित राख्न र अर्थ सचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट मुक्त गर्न माग गर्दै रिट निवेदन दिएका थिए । सर्वोच्चले बजेट निर्माणको गोपनियता र संवेदनशिलता जोडिएको विषय भएकाले यो मुद्दालाई जतिसक्दो चाँडो किनारा लगाउन अग्राधिकारको आदेश पनि दिएको छ ।बजेट निर्माणका क्रममा जनार्दन शर्माले अनधिकृत मान्छेलाई प्रवेश गराएर करका दरहरु हेरफेर गराएको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थले फुटेज मेटिएको उत्तर दिएको थियो ।

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी आज काममा फर्किएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालय नआउने भन्दै मरासिनी बिदामा बसेका थिए । अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट उनी अर्थ मन्त्रालय आएका हुन् । बजेट निर्माणको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करको दर हेरफेर गरेको भन्दै संसददेखि सबैतिर विरोध भएपछि हिजो जनार्दन शर्माले अर्थमन्त्रीबाट […]

एडिबीले दियो नेपाललाई १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। नेपाललाई सहुलियतपूर्ण ऋण दिने सहमतिमा अर्थ मन्त्रालय र एडीबीका अधिबारीबीच हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर आनो कुस्वाले हस्ताक्षर गरेका थिए।

अर्थ सचिव मरासिनीले गरे पद बहाली, यस्ता छन् आगामी चुनौती

काठमाडौँ । नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीले पद बहाली गरेका छन् । सरकारले गत साता महालेखा कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेका मरासिनीको आज(सोमबार) एक कार्यक्रमका बिच स्वागत गरिएको छ । अर्थका क्याडर मरासिनीले २५ वर्ष अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बिताएका छन् । सो क्रममा वैदेशिक सहायता महाशाखा, बजेट महाशाखा(उपसचिव र सहसचिव), आन्तरिक राजश्व विभागको […]

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए । हालै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।