कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।बिहीबार प्रकाशित तीनवटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयाघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १० देखि १५ सम्म कम हुन्छ । अध्ययन समूहका वरिष्ठ लेखक डा.पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्,‘कफीले मुटुको धड्कन तीव्र पार्ने ह