काठमाडौं : नयाँ वर्षको पहिलो शनिवार दरबारमार्गको माहोल फरक रह्यो। १६औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलका कारण दरबारमार्ग रमझमपूर्ण बन्यो।
स्ट्रिट फेस्टिभलमा सहभागी हुन सडकमा हजारौँ ओर्लिए। सडकमा विभिन्न नेपाली परिकारमात्र हैन मौलिक नेपाली संगीतको स्वाद लिए।
स्ट्रिट फेस्टिभलमा धिमे बाजाको तालमा ‘बौचा मैचा’हरुको नृत्य पनि देख्न सकिन्थ्यो। फेस्टिभलमा स्वदेशीका साथै केही…