११ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० […]