कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको कैलारी गाउँपालिका–७ स्थित हौसलपुर गाउँमा उनीहरू हतियारसहित निर्बाध रूपमा आउजाउ गर्दै आएका हुन्।
उनीहरू खाजा खान र आफ्नो अस्थायी पोष्टतर्फ जानका लागि नेपाली भूमि हौसलपुर गाउँमा पुग्ने गरेको जनाइएको छ। एसएसबी गाउँमा हरेक दिन&nb...