बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने भएको छ । बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ नेपाल, उद्योग वाणिज्य महासङ्घ र नेपाल बीमक सङ्घलगायत संस्थाका प्रतिनिधिसँगका छलफलपछि यस्तो निर्णय गरेको हो ।
बीमा समितिका कार्यकारी अधिकृत राजुरमण पौडेलले आइतबार बसेको बैठकले निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने बाटो खुला गर्न लागिएको बताउनुभयो ।
बीमा समितिले विद्यमान दाबी भुक्तानी प्रक्रिया सरल बनाउन पनि निर्देशन दिएको छ । समितिले भदौ ११ सम्ममा बीमा कम्पनीहरूमा प्राप्त सबै दाबीमध्ये स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण प्रतिवेदन प्राप्त भएका भुक्तानी दाबीलाई सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।