हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले बैंक तथा वित्तीय संस्थाको मान्यता पाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले हालै मात्र कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिएको हो । यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दिने निर्णय गरेको थियो । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दि