काठमाडौं । बालुवाटारमा शुक्रबार आयोजित नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकलाई पार्टीका बरिष्ठ नेता झलनाथ खनालले ‘भारदारी सभा’ को संज्ञा दिएका छन् । महाधिवेशन आयोजक समिति गठन गरिसकेपछि फेरि अध्यक्ष ओली आफैंले स्थायी कमिटीको पुनर्गठन गरेको खबर सुनेपछि खनालको प्रतिक्रिया छ, ‘भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’महाधिवेशन आयोजक समितिको बैठकले आफूहरुलाई एकताविरोधी भनेर आरोप लगाएकोमा पनि खनालले आपत्ति जनाए । पार्टीको एकता भाँड्ने काम स्वयं केपी ओलीले नै गरिरहेको बत