विद्यार्थीले शुल्क नबुझाएको भन्दै कलेजले पढाइ नै रोकेपछि धुलिखेलस्थित पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित भएका छन् । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ साउन १ गतेदेखि रोकिएपछि ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत ९० जना विद्यार्थी आन्दोलित भएका हुन् ।