डाेटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको बिजुलीकाे समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । डाेटीका नागरिकले मुख्यमन्त्री भट्टलाई बिजुली अनियमित भइरहेकाे गुनासाे गरेपछि उहाँले आज मङ्गलवार नेपाल विद्युत कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री भट्टले विद्युत् कार्यालयका प्रमुख देवलाई आफ्नो विकासमा बोलाएर डोटीको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिनुभएको मुख्यमन्...