यो वर्ष ब्रिटेनमा पहिलो रेलमार्ग सञ्चालनको २०० औं वर्षगाँठ मनाइँदैछ। दक्षिण एसियालाई रेल युगमा प्रवेश गराइदिनुको जस पनि ब्रिटेनलाई नै जान्छ। झन्डै सय वर्षअघि नेपालमा पनि अमलेखगञ्ज–रक्सौल रेल कुदेको थियो। रेल र रेल यात्राबारे कैयन गीत लेखिए र गाइए। तर थप प्रगति के छ, थाहा पाउनुहोस्।