दाङ : दाङको तुलसीपुरमा रहेको एउटा गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।तुलसीपुर-५ को वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।आगलागी भएको १ घण्टाभन्दा धेरै समयपछि आगो नियन्त्रणमा आएको हो। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको उनले जानकारी दिए।क्षतिको पूर्ण विवरणसँगै आगलागीक