नवलपुर । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताए । बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउँछन् । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताए ।
नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताइन् । ‘हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ,’ उनले भने, ‘एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न शुरु गरेको हो । एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उनले सुनाइन् ।
होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताए । अन्तरराष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।
‘नेपालमै पनि नयाँनयाँ पर्यटकीय क्षेत्रको विकास, ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ,’ उनले भने, ‘सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ ।’
स्वेदशमै रोजगारबाहेक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताए । ‘खासगरी पश्चिमा मुलुकमा होटल म्यानेजमेन्ट पढेको जनशक्तिको माग धेरै छ,’ उनले भने, ‘यो विषय पढेपछि हस्पिटालिटीतर्फको भविष्य त एकातर्फ छ नै, साथै हवाई क्षेत्र, पर्यटकीय क्षेत्र, ट्राभल्स एण्ड टुर्स तथा एचएम पढाइ हुने कलेजमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिल्छ ।’
पढेपछि राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए ।
अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । ‘गत वर्ष हामीले होटल म्यानेजमेन्टको तीनओटा सेक्सनमात्रै अध्ययन गराएका थियौं,’ उनले भने, ‘यस वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्टको चारओटा सेक्सनमा विद्यार्थी अध्यापन गर्दै आएका छौं ।’
यहाँ माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि भएको भन्दै उनले यो विषयमा पढेको कुरा खेर नजाने भएकाले विद्यार्थीको आकर्षण बढेको बताए ।
अरूको रोजगारी गर्न मन नहुनेले आफै होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उनको भनाइ छ । ‘अन्य विषय पढेका विद्यार्थीले भन्दा छिटो अवसर पाइने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने । नेपालीमा आधुनिकीकरणको नक्कल गर्ने क्रम बढेसँगै होटल म्यानेजमेन्ट पढ्न चाहने बढ्नु पनि स्वाभाविक भएको थपलियाले बताए ।
होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताए । उनले नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताए ।
‘नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नका लागि विद्यार्थी आउने गरेका छन्,’ उनले भने, ‘यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईओटा कक्षा सञ्चालन गरेका छौं ।’
किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । रासस
टीकापुर- विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रो...
टीकापुर- विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रो...
काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । हरेक कुरालाई छिटो दर्शकमाझ पुर्याउने माध्यम टिकटक बनेको छ । जसले छोटो समयमा रमाइलो तरिकाले हरेक कुरालाई प्रस्तुत गरेको हुन्छ । यसै क्रममा चलचित्रको प्रचार प्रसारका लागी चलचित्र निर्माण टिमले यो माध्यमलाई अब्बल मानेका छन् […]
भान्सामा सेलेब्रिटी
मलाई हरेकजसो परिकार पकाउन आउँछ । फुर्सदको समय भान्सामा आमा र श्रीमतीलाई सहयोग गर्छु । अस्पतालको ड्युटी र अध्ययनको काम छिटो सकिएको दिन भान्सामा काम गर्न रमाइलो लाग्छ ।
मलाई सबैभन्दा मन पर्ने काम...
चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने… Continue reading
अचेल जताततै चुनावमा भिड्ने कुरा मात्रै सुनिन्छ । भीडबाट भिड्ने शब्दको व्युत्पत्ति भएकाले यो भिड्ने सिड्ने कुरामा जोसँग भीड हुन्छ, उसैले जित्ने हो । जोसँग भीड छैन, ऊ भीरबाट लड्छ । यस्ता भीड जुटाउन नसकेर भीरमा लड्नेलाई काँध थाप्नु त कता हो कता, कसैले रामराम पनि भन्नेवाला छैन । त्यसैले चुनावी पर्वमा भीडको निकै महत्व हुन्छ ।
आफ्नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ ।
भनिन्छ गफ लगाएर भीड तान्ने खुबी छ भने हेर्दाहेर्दै आफूलाई मन परेको कुर्सी पनि आफूतिर तानिइहाल्छ । विनाभीडको जीव अन्तमा भाडमा जान्छ । भलै हिजोआज बजारमा अचम्म किसिमका भीड भाडामा उपलब्ध छन् । तर पनि भीड जम्मा पार्न दिमाग चैं पूरै लगाउनुपर्छ । चुनावी वैतरणी पार गर्नका लागि भीड नै एकमात्र उपाय हो । नारा लगाउने वाला, जयजयकार गर्ने वाला, पोस्टर पम्प्लेट चाट्ने वाला, पुत्ला जलाउने वाला–सजाउने वाला, लाठीमुंग्री चलाउने वालादेखि लिएर फर्जी तरीकाबाट भोट हाल्ने वालासम्मका भीड सर्वत्र उपलब्ध छन् । बजारमा नाना प्रकारका भीड अटाएका छन् । ती भीडको फाइदा लिन रकमको जोहो भने आफै गर्नुपर्छ । गाँठ अनुसार भीड जम्मा गरिदिने भीड समेत सजिलै उपलब्ध छन् जान्ने र सक्नेहरूका लागि ।
अहिले बजारमा नयाँ नयाँ प्रकारको भीड पनि प्रकट भएका छन् । ह्वाट्सएप वा भाइबरमा सन्देश–शस्त्र चलाउने वाला, टिकटक वा फेसबुकमा भिडियो पुराण लगाउनेवाला र ट्वीटर देउतामा चुनावी ट्वीटबाजी गर्नेवाला भीड थोक वा खुद्रामा उपलब्ध छन् । साइबर स्याल र हनुमान्को त यहाँ भीडै छ, पार्टीपिच्छे, नेतैपिच्छे । यहाँ भीड जम्मा गर्न खल्ती चाहिँ अलिक मोटै हुनुपर्छ । पहिल्यैदेखि त्यसै ठूला बनेका भीडलाई त मिडियाले सित्तैमा प्रचार गरिदिएर अझ ठूलो भीड बनाउन मद्दत गरिरहेकै छन् ।
वैकल्पिक र विकल्पविहीन साना भीडवाला संगठनहरू जो केही सस्तोमा भीड जुटाउन चाहन्छन्, उनीहरूलाई म सित्तैमा यहाँ केही टिप्स दिन चाहन्छु । चुनाव जितिसकेपछि भने बदलामा मलाई पनि दुई–चारओटा सरकारी ठेक्कापट्टा मिलाइदिनुपर्छ है ! कुनै समिति वा आयोगको अध्यक्ष बनाइदिनुपर्दछ । वा कुनै बोर्ड वा कोषको गाडी र भत्ता पाउने गरी सदस्य नै भए पनि बनाइदिए पुग्छ ।
भीड बटुल्ने पहिलो सिद्धान्त हो, सामाजिक सञ्जाल हाइजेकीकरण । सामाजिक सञ्जाल नाममात्र सामाजिक हो । त्यसभित्र प्रायः कुरा असामाजिक नै हुन्छन् । र, यसलाई अपहरण गरेर मनले चाहेजति भीड जम्मा गर्नुस् ।
हेर्नुस्, हामी नेपालीहरू अरू केही गर्न नसके पनि टिकटक भिडियो बनाउन वा फेसबुक चलाउनेमा भने कुशल नै छौं । यहाँ अनेक रंग ढंगका सामाजिक सञ्जालबाज छन् । यी सबै अदृश्य भीडका रूपमा बसेका छन् । यिनीहरूले चाहेको खण्डमा कुनै पनि उम्मेदवार वा नेताको चुनावी गाडी पार लगाउन सक्छन् वा खाल्टामा धकेल्न पनि सक्छन् । यस्तो डिजिटल भीड जम्मा गर्नेहरूमा केही गाउँमा गोबर सोहोर्नेहरू छन् वा शहरमा गाडीमा हिँड्नेदेखि खाडीमा पसिना बगाउनेहरूसम्म छन् । यिनले एकदमै रमाइलो र प्रभावशाली तरीकाले डिजिटल भीडबाट आफूले चाहेअनुसार काम फत्ते गराउन सक्छन् । न्यायिक फैसला पनि यही भीडले गर्छ, समाजसेवाको रकम पनि यसैले जोहो गरिदिन्छ र राष्ट्रवादीको पगरी पनि यसैले गुथाइदिन्छ । यसैले गूगलबाट भात वा रोटी डाउनलोड गर्न नसके पनि भोट भने डाउनलोड गर्न सकिन्छ ।
भीड बटुल्नेमा मनोरञ्जक सिद्धान्तको पनि खास महत्त्व छ । सर्वसाधारणहरू यसै पनि चुनावी सर्कसबाट मनोरञ्जन लिन्छन् नै । किनकि उनीहरूलाई थरी–थरीका छोटेबडे नेता भनाउँदाहरूको भाषणले नै मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । अनि अचेल त भाषणले मात्र नपुग्ने भएपछि नर्तकी ल्याएर नचाउने होड पनि चलेको छ । बूढा नेताका अगाडि भर्खरकी युवतीले कम्मर मर्काएपछि भीडको भोट पक्का !
अझ कुनै आइटम विशेषमा धेरै ताली हासिल गर्नु छ भने चाहिँ चलचित्र वा नाटक साटकमा नाच्ने, अभिनय गर्नेवालीहरूको बन्दोबस्त गर्नुपर्ने हुन्छ । उनीहरूको स्वागतमा ठूलै भीड जम्मा पारेर स्वागत भाषण गर्ने र सुन्ने आदि गर्न सकिन्छ । अझ भाषणबाजीको शुरू, मध्य र अन्त्यमा खुलामञ्चमा क्रान्तिकारी गीत घन्काएर, कम्मर मर्काएर, सरकार थर्काएर नृत्य, नाटक आदि प्रदर्शन गर्न सके फुर्सदिला नेपाली भीड जम्मा गर्न अरू केही गर्नै पर्दैन । अझ यसो एक दुई आइटम गर्लहरूलाई ल्याएर एक दुई आइटम गीतमा प्रदर्शन गर्न लगाउने हो भने त मशानघाटका भूतहरू पनि भीड बनेर भोट दिन आतुर भएका विगतमा देखिएकै हो । भीड भुसुक्क पारेपछि भोट त खुसुक्क पाइहालिन्छ नि । पाँच वर्षमा आउने चाडमा त्यति पनि नगरी भो त ?
यता नयाँ ढंगले कठपुतलीका खेल देखाउनेवालाहरूको पनि बजारमा माग छ । आफ््नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । त्यसो त कतिपय सरकारी हाकिमहरू, प्रहरी, प्रशासनमा रहेकाहरू आआफ्ना आराध्य देव नेताका आदेशानुसार कठपुतली बनेर काम गरि नै रहेका छन् । यसले पनि भीड जम्मा गर्ने सत्कर्ममा सहयोग नै पुर्याइरहेकै छ ।
हिजोआज त सामाजिक सञ्जालमा यति र उति ‘रीच’ बढाउन सक्छु भन्ने सोसल मिडियाबाज पनि थुप्रै आएका छन्, जसले उमेर समूह, भूगोल वा रुचि अनुसारका डिजिटल भीडलाई भोटमा बदल्ने ग्यारेन्टी लिँदै हिँडेका पनि देखिएका छन् । भीड छ त भाषण जे पनि दिन सकिन्छ । भाषणै दिन त के छ र ? जे मन लाग्छ ठोक्नै नै हो । मूल उद्देश्य नै भीड बटुल्ने नै त हो ।
यता सँगैको ठेलामा तातोतातो भीड उपलब्ध छ । यो भीड यता पासपोर्ट लिने लाइनमाा पनि छ, पेट्रोलियम किन्ने लाइनमा छ, सवारी लाइसेन्स लिने लाइनमा छ, जागीर खाने लाइनमा छ । यो भीड जताततै छ । त्यसैले छिटो आउनुहोस् । आफूलाई मनपर्ने भीड लिएरै जानुहोस् ।
एक्लै भीड जम्मा गर्न ल्याकत पुगेन भने गठबन्धन गर्नुस् । मै हुँ भन्नेले त एक्लै हिँड्ने आँट नगरिरहेका बेला साना साना भीड मिलाएपछि गतिलै भीड सृजना भैहाल्छ । तपाईंलाई कस्तो भीड बटुल्नु छ ? कि भीड बटुल्नुस् कि भीडको अंग बन्नुस् । नत्र तपाईंको जिन्दगी गयो खेर ! भीड बटुल्ने यी काइदाहरूको प्रयोग गर्नुहोस् । हेर्नुस् त, तपाईं अगाडिको कुर्सीले व्यग्र भएर तपाईंलाई कुरिरहेको छ !
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।
‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।
इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ । जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।
टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।
तर बन्दाबन्दीका कारण सर्भर तथा आवश्यक अपगे्रडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउनुहुन्छ । लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन, उहाँले भन्नुभयो ।
‘अगत् (छिटो हिँड्)’ निर्णायकले सिठ्ठी बजाएसँगै माउते रामदयाल चौधरीले आफ्नो हात्ती रिमझिम कलीलाई एक कदम अगाडि बढाउनुभयो र काँधमा बेस्सरी खुट्टाले ठेल्दै भन्नुभयो, ‘मार (गोल गर) ।’ रिमझिम कलीले पनि बुझेँझैँ गरी आफ्नो दाहिने खुट्टाले भुइँमा रहेको बललाई बेस्सरी हानी । बल गोलपोस्टमा चुम्न पुग्यो । अनि दर्शकमा खुसीको सीमा रहेन । चिच्याए । कराए । अनि रमाइलो गर्दै उफ्रिए ।